NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सहकारी विभागमा चालु आवमै १७३ उजुरी, ५८ वटा कारवाहीका लागि प्रहरीमा सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा चालु आर्थिक वर्षमा मात्रै एक सय ७३ वटा परेको परेको विभागकी उपनिर्देशक विमला कोइरालाले जानकारी दिएकी छिन् ।

मंगलबार नेपाल सहकारी पत्रकार समाजद्वारा आयोजित एक कार्यक्रममा उनले कार्यपत्र प्रस्तुतिमार्फत सो कुरा जानकारी दिएकी हुन् । एक सय ७३ वटा उजुरीमध्ये ११५ वटाको विभागबाटै नियमित फछ्यैट गरिएको उनले बताइन् । त्यस्तै ५८ वटा उजुरी कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको उनले जनाइन् ।

विभागमा परेको उजुरीमा विभागले सुरूमा वार्ता र छलफलमार्फत मिलाउने काम गर्ने र पटक पटक छलफलमा बोलाउँदा पनि अटेर गर्ने सहकारीलाइ प्रहरी कारबाहीमा पठाउने गरेको उनले बताइन्

उपनिर्देशक कोइरालाका अनुसार महानगरमा बचत फिर्ता, शेयर रकम फिर्ता, ऋण मिलान, ऋण तिर्न दवाव दिएको, सन्दर्भ ब्याजदर निर्धारण, सञ्चालक समितिले ऋण लिएको, बैठक नबसेको, अध्यक्ष सम्पर्कविहिन, विना जानकारी सञ्चालकमा राखेको, लेखा समितिको भुमिका नभएको र प्रदेशस्तरीय सहकारीसम्बन्धी विषमा विभागमा उजुरी आउने गरेका छन् ।

कार्यक्रममा उनले ९० प्रतिशतभन्दा बढी सहकारी सिद्दान्तभन्दा बाहिर चलेको पाइएको बताएकी छिन् । ‘धेरै सहकारीले आफ्नो उद्श्यअनुरूप काम गरेको छैन, उनले भनिन् । १० प्रतिशतमात्रै सहकारीको सिद्दान्तमा चलेको उनको भनाइ थियो ।

महानगरपालिमा हस्तान्तरण भएर आएका १ हजार ९१५ सहकारीमध्ये सबैभन्दा धेरै बचत तथा ऋण १ हजार ६ सय २८ रहेको छ । त्यस्तै बहुउदेश्य २६४, कृषि १५, उपभोक्ता १३, सीपमूलक ३, शिक्षा २, श्रमिक ३, पर्यटन १, साझा १, चिया १ र अन्य ५ रहेका छन् ।

महानगरपालिकामा ८९९ वटा मात्रै सहकारी अद्यावाधिक भएको उनले बताइन् । त्यस्तै २ वटा सहकारी संकटग्रस्त अवस्थामा भएको उनको भनाइ छ ।