१३ प्रहरी डिआइजीका लागि को-को भए सिफारिस ?
काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी बरिष्ठ उपरिक्षक(एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक(डिआइजी)मा बढुवा गर्न सिफारीस भएको छ ।
बुधबार बसेको बढु्वा समितिको बैठकले १३ जनाकाे नाम सिफारिस गरेको हो । बढुवा हुने पहिलो नम्बरमा एसएसपी कुवेर कडायत रहेका छन् ।
दोस्रोमा केदार ढकाल, तेस्रोमा विष्णुकुमार केसी रहेका छन् । यसैगरी चौंथोमा भरतबहादुर बोहरा, पाँचौंमा रवीन्द्र के.सी. रहेका छन् । त्यस्तै छैटौंमा राजेशनाथ बास्तोला, सातौंमा चन्द्रकुवेर खापुङ रहेका छन् ।
आठौं नम्बरमा जनक भट्टराई, नवौंमा लालमणि आचार्य र दशौं नम्बरमा सुरेन्द्रप्रसाद मैनाली रहेका छन् । यसैगरी एघारौंमा अर्जुनचन्द ठकुरी, बाह्रौंमा यज्ञविनोद पोखरेल र तेरौंमा विकासराज खनाल रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया