सञ्चय कोषले प्रवाह गरेको १२ अर्ब ऋण जोखिममा
काठमाडौं । वाइडबडी जहाज किन्दा कर्मचारी सञ्चय कोषले गरेको लगानी जोखिममा परेको महालेखाले औँल्याएको छ ।
कोषले निगमसँग २८ जेठ ०७४ मा गरेको ऋण सम्झौताअनुसार वाइडबडी जहाज खरिद गर्न सरकारको जमानीमा कोषले १२ अर्ब ऋण प्रवाह गरेको थियो । तर, उक्त ऋणको ब्याज पनि निगमले भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ ।
ब्याजलाई पुँजीकरण गर्ने सञ्चय कोषको सञ्चालक समितिको निर्णयअनुसार साँवा बढेर १४ अर्ब १५ करोड पुगेको छ । ‘ठूला र दीर्घकालीन परियोजनामा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण, व्यावसायिक योजनाको मूल्यांकनपश्चात् मात्र कर्जा प्रवाह गर्नुपर्नेमा सो नगरेकाले कोषको कर्जा असुलीमा जोखिम वृद्धि भएको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया