अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा विष्फोट, १८ हजार गाई मरे
काठमाडौं । अमेरिकाको टेक्सास राज्यको पश्चिमी क्षेत्रमा रहेको एक डेरी फार्ममा विष्फोट हुँदा १८ हजार गाई मरेका छन् ।
यो अमेरिकाको कुनै फार्ममा लागेको अहिलेसम्मकै ठूलो आगलागी भएको बताइएको छ ।
यस हप्ताको सुरुमा डिमिट सहर नजिकै रहेको साउथ फोर्क डेरीमा विस्फोट भएको थियो। जसमा एक जना घाइते भएको बताइएको छ ।
डेरी फार्मको मेसिनरीबाट निस्केको मिथेन ग्यासले आगलागी भएको हुनसक्ने अधिकारीहरूको अनुमान छ ।
क्यास्ट्रो काउन्टी शेरिफको कार्यालयले विस्फोटको तस्बिरहरू साझा गरेको छ, जसमा फार्मबाट धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।
आगलागी र धुवाँमा निसास्सिएर कति गाईको मृत्यु भयो भन्ने यकिन संख्या थाहा नभएको तर १८ हजार गाईवस्तु बेपत्ता रहेको बिबिसी समाचारमा उल्लेख छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया