NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

चर्चामा सलमानको तस्बिर, पूर्वप्रेमिकाले गरिन् प्रशंसा

काठमाडौं (एजेन्सी) । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ लाई लिएर निकै चर्चामा छन् । यो फिल्मको रिलिज मिति नजिकिँदै छ । यस्तो अवस्थामा खानले पनि यसको प्रमोसनमा कुनै कसर बाँकी राखेका छैनन् । सामाजिक सञ्जाल प्लेटफर्ममार्फत पनि भाइजानले आफ्ना फ्यानहरूलाई बारम्बार रिलिज मितिबारे सम्झाइरहको छ ।

सलमानले सामाजिक सञ्जालमा आफ्नो एउटा तस्विर सेयर गरेका छन्, जसलाई हेरेर उनको फिटनेसप्रति फ्यानहरु विश्वस्त भएका छन् ।

सलमान आफ्नो फिटनेसको निकै ख्याल राख्छन् । यसका लागि उनी हरेक दिन घण्टौंसम्म जिममा पसिना बगाउँछन् ।

उनै खानले इन्स्टाग्राममा जिममा गरेका अभ्यासको आफ्नो तस्विर साझा गरेका छन्। जसमा उनी आफ्नो सिक्स प्याक एब्स फ्ल्यान्ट गरेको देखिन्छ । तस्विरमा सलमान पसिनाले भिजेको छन्, टिसर्ट पूरै शरीरमा टाँसिएको छ र एब्सको आकार निस्किएको छ ।

खानको यो तस्बिरमा प्रयोगकर्ताहरूले प्रतिक्रिया जनाइरहेका छन् । सेलिब्रेटीहरूले पनि अभिनेताको तारिफ गरेका छन् । तर खानकी पूर्व प्रेमिका संगीता बिजलानीको टिप्पणीले भने सबैको नजर तानेको छ । सलमानको सिक्स प्याक एब्सको प्रशंसा गर्दै संगीताले फायर इमोजी पोस्ट गरेकी छन् ।

योसँगै सलमानका फ्यानहरु पनि उनको तारिफ गर्न थाकेका छैनन् । एक प्रयोगकर्ताले लेखेका छन्, सलमानको झलक, सबैभन्दा फरक।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, यार बंदे में हुनर है ।’