NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

के शिलु र गोल्डीको डिभोर्स हुन लागेको हो ?

काठमाडौं । ‘ब्लाइन्ड डेट’को पहिलो सिजनलाई चर्चित बनाउन विभिन्न पात्रको भूमिका रह्यो । त्यसमध्ये सबैभन्दा उल्लेख्य भूमिका कसैको थियो त्यो शिलु पोखरेल नै थिइन् ।

यो रियालिटी शोमा शिलुको प्रस्तुति मात्र नभएर धेरै डाइलग चर्चित भए । ‘थानकोटसम्म युवकहरूको लामो लाइन’ लगाएकी सिलुले ती कसैलाई नरोजी अन्ततः ‘गोल्डी’लाई छानिन्, त्यो पनि ब्लाइन्ड डेटबाटै ।

रियालिटी शो ब्लाइन्ड डेटबाट चर्चामा आएको यो जोडी विवाह बन्धनमा बाधिँदै अहिले अध्ययनको सिलसिलामा अस्ट्रेलियामा छ ।

जीवनमा बुनिएका अनेकन योजना पूरा गर्न देश छाडेर अस्ट्रेलिया पुगेको शिलुले बताउँदै आएकी छिन् ।

तर अस्ट्रेलिया पुगेको केही समयपछि नै यो जोडी अलग–अलग बस्न थालेको खबर प्रकाशमा आएका छन् । शिलु स्वयंले पनि आफूहरू अलग बसिरहेको बताएकी छन् ।

नेपालमा हुँदा र अस्ट्रेलिया पुगेको केही महिनासम्म एकसाथ सामाजिक सञ्जालमा पेस हुने यो जोडीलाई पछिल्ला दिन पूर्ववत् देख्न छाडिएको छ । सामाजिक सञ्जालमा शिलुको सक्रियता घटेको त छैन तर उनीसँग हिजोका दिनमा जस्तो गोल्डी देखिँदैनन् । पोजपोजका शिलुका कामुक तस्बिर सार्वजनिक भइरहे पनि त्यसमा गोल्डी अटाएका छैनन् ।

केही न केही चटक गरिरहने शिलुले केही समयअघि आफ्नो विवाहमा खिचिएको जोडीको काटिएको तस्बिर सार्वजनिक गरिन् । यसले उनीहरूको सम्बन्धमा तिक्तता आएको भनेर गरिएको आशंकामा थप मलजल गरेको छ । उनका धेरै फ्यानहरूले सम्बन्धमा दरार आएको हो भनेर लगातार शिलुलाई प्रश्न गरिरहेका छन् ।

प्रश्नहरूको बौछार आउन थालेपछि शिलुले यसबारे मुख खोलेकी छन् । शिलुका अनुसार, गोल्डी र उनको सम्बन्धमा हल्ला गरिएजस्तो कुनै दरार आएको छैन । पहिले जस्तो प्रेम र हार्दिकता उनीहरूबीच थियो, अहिले पनि उस्तै छ । आउँदा दिनमा पनि आफूहरूको सम्बन्ध नबिग्रने उनको दाबी छ ।

‘गोल्डीसँग मेरो प्रेम र हार्दिकता पहिले जस्तो थियो, अहिले पनि उस्तै छ,’ उनी भन्छिन् ।

शिलुका अनुसार, उनीहरू अलग्एिर बस्न थालेको भने सत्य हो । तर यो दुईबीच बढ्दो असमझदारीका कारण नभई अध्ययन र जीवनको योजनाका लागि आर्थिक स्रोत जुटाउन गरिएको हो ।

‘जीवनका विभिन्न योजनाहरू पूरा गर्न अलग भएर बसेका हौं,’ उनले भनिन् ।

सँगै बस्दा भन्दा टाढा बस्दा माया गाढा बन्ने दाबी पनि शिलुको छ ।

शिलुको दाबीजस्तै टाढा बसेपछि माया गाढा हुन्छ कि काँडा ? समयले बताउला नै ।

कि कसो गोल्डी ?