उपनिर्वाचनमा सरकारलाई सेना परिचालन गर्ने बाटो खुल्यो
काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई स्वीकृति दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ सहित चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ।
‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलज्यूले स्वीकृति प्रदान गर्नु भएको छ’,जारी विज्ञप्तिमा उल्लेख छ ।
वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया