NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

उपनिर्वाचनमा सरकारलाई सेना परिचालन गर्ने बाटो खुल्यो

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई स्वीकृति दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको निर्वाचन क्षेत्र तनहुँ–१ सहित चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ।

‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलज्यूले स्वीकृति प्रदान गर्नु भएको छ’,जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ।