NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

समर्थकलाई रास्वपा नेताको सुझाव– अपशब्द नबोल्नूस्, पत्रिका नजलाउनूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभाका सांसद मनिष झाले पार्टीका समर्थकलाई अनुशाषित, मर्यादित र संयमित हुन आग्रह गरेका छन् । रास्वपाका समर्थकद्वारा ठाउँठाउँमा अमर्यादित गतिविधि भइरहेका बेला झाले त्यसो नगर्न सुझाएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई चार सुझाव दिएका झाले कसैप्रति पनि अपशब्द प्रयोग नगर्न आग्रह गरेका छन् । त्यस्तै, पत्रपत्रिका जलाउने काम नगर्न पनि उनले अनुरोध गरेका छन् । रास्वपाका समर्थकले केही दिनअघि पार्टी सभापति रवि लामिछानेविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर दैनिक पत्रिका जलाइएका थिए ।

झाले हामी एक अर्काको प्रतिस्पर्धी भए पनि दुस्मन नै नभएको स्मरण गराएका छन् । रास्वपाले जिते पुग्ने तर अरू सबैले हार्न आवश्यक नभएको उनको भनाइ छ ।