बालकोटमा प्रधानमन्त्री, सभामुख, ओली र देउवाबीच के भयो कुराकानी ?

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ ।
सोमबार अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नेताहरूले यी विधेयकबारे छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका हुन् ।ओली भाइरल ज्वरोका कारण बिरामी परेका छन् । उनले सबै राजनीति गतिविधि र भेटघाट बन्द गरी केही दिनयता निवासमै आराम गरिरहेका छन् ।
शीर्ष नेताहरूले ओलीको स्वास्थ्य लाभको कामना गर्नुको साथै सरकारले संसदमा प्रस्तुत गरेको विधेयक अगाडि बढाउने सम्बन्धमा छलफल गरेका थिए । सत्य निरूपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन सम्बन्धी आयोग विधायन समितिमा छलफल गर्नुपर्ने अडानमा एमाले रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र देउवा संसदमा छलफल गरी पास गर्नुपर्ने अडानमा रहेका छन् । यी विधेयकका विषयमा नेताहरूबीच यसअघि पनि छलफल भएपनि सहमति जुटेको छैन ।
ताजा अपडेट
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
प्रतिक्रिया