बालकोटमा प्रधानमन्त्री, सभामुख, ओली र देउवाबीच के भयो कुराकानी ?
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ ।
सोमबार अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका नेताहरूले यी विधेयकबारे छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।
ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका हुन् ।ओली भाइरल ज्वरोका कारण बिरामी परेका छन् । उनले सबै राजनीति गतिविधि र भेटघाट बन्द गरी केही दिनयता निवासमै आराम गरिरहेका छन् ।
शीर्ष नेताहरूले ओलीको स्वास्थ्य लाभको कामना गर्नुको साथै सरकारले संसदमा प्रस्तुत गरेको विधेयक अगाडि बढाउने सम्बन्धमा छलफल गरेका थिए । सत्य निरूपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन सम्बन्धी आयोग विधायन समितिमा छलफल गर्नुपर्ने अडानमा एमाले रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र देउवा संसदमा छलफल गरी पास गर्नुपर्ने अडानमा रहेका छन् । यी विधेयकका विषयमा नेताहरूबीच यसअघि पनि छलफल भएपनि सहमति जुटेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया