सुडानमा झडप तीव्र, राजधानी नियन्त्रणमा लिएको आरएसएफको दाबी
काठमाडौं (एजेन्सी) । सुडानमा सैन्य समूहहरू बीचको द्वन्द्व देशभर फैलिएको छ। धेरै ठाउँबाट हिंसाको खबर आएको छ ।
द्वन्द्वको केन्द्रविन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएका छन्। आइतबार दुवै समूहले यहाँका मुख्य सडक अवरुद्ध गरेका थिए ।
यस द्वन्द्वमा हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् ।
र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको द्वन्द्व अहिले देशव्यापी बनेको छ । यस सङ्घर्षमा सेनाले अग्रता लिन सक्ने प्रत्यक्षदर्शीहरू बताउँछन् ।
आरएसएफले राजधानी खार्तुम र छिमेकी शहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्ट नियन्त्रणमा लिएको दाबी गरेको छ।
द्वन्द्वस्थलबाट घाइतेलाई हटाउनका लागि आइतबार दुवै समूहले केही समयका लागि युद्धविरामको घोषणा गरेका थिए ।
तर, त्यसको कडाइका साथ पालना हुन सकेको छैन ।
सुडानमा यी द्वन्द्वहरू प्रतिद्वन्द्वी समूहहरूको वर्चस्व कायम गर्ने अभिष्टका परिणाम हुन्।
देशको सैन्य नेतृत्वभित्रको वर्चस्वको लडाइँले द्वन्द्वलाई जटिल बनाएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया