संवैधानिक परिषद्को बैठक बोलाउन प्रमुख तीन दल सहमत
काठमाडौं । १५ महिनादेखि नेतृत्वबिहिन रहेको सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया आगाडी बढाउन प्रमुख शीर्ष नेताहरू सहमत भएका छन् ।
सोमबार ओली निवास बालकोटमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संवैधानिक परिषदको बैठक बोलाउन सहमत भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।
‘सर्वोच्च न्यायालय लामो समय नेतृत्वबिहिन हुँदा राम्रो सन्देश गएको छैन । छिट्टो प्रधानन्यायाधीश प्रक्रिया अगाडी बढाउन प्रधानमन्त्रीज्यूले प्रस्ताव गर्नुभयो’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै लेखकले भने, ‘प्रधानमान्त्रीको प्रस्तावपछि ओलीजी संवैधानिक परिषदको बैठक बोलाउन सहमत हुनुभयो । अब प्रधानमन्त्रीले उपयुक्त समयमा प्रधानन्यायाधीश नियुक्त गर्न परिषदको बैठक बोलाउनुहुनेछ ।’
छलफलमा सत्य निरूपण तथा बेपत्ता छानविन आयोगसम्बन्धी संसदमा रहेको विधेयक अगाडी बढाउनेबारे पनि छलफल भएको उनले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया