मलेसियाविरुद्धको खेलमा नेपालका तीन खेलाडी बेन्चमा

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपालले तीन खेलाडीलाई बेन्चमा राख्ने भएको छ ।
मलेसियाविरुद्ध अहिले केहीबेरमा हुन गइरहेको खेलमा नेपालले करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राख्ने निर्णय लिएको हो ।
आजको खेलमा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने मैदानमा उत्रिनेछन् ।
मलेसियाको प्लेइङ ११ मा अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया