काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको बेन्चमा
काठमाडौं । काठमाडौं महानगरपालिकाले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाएर गैरजिम्मेवार बनेको भन्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा मंगलबार सुनुवाइ हुने भएको छ ।
अधिवक्ता पदम श्रेष्ठले दायर गरेको रिटमाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो ।
फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने भन्दै अन्तरिम आदेश माग दाबी गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि विपक्षी बनाइएको छ।
मेयर बालेन शाहको ठाडो आदेशमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास लगायतका क्षेत्रहरूको फोहोर १० दिनदेखि उठेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया