NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको मुद्दा कामु प्रधानन्यायाधीशको बेन्चमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाएर गैरजिम्मेवार बनेको भन्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा मंगलबार सुनुवाइ हुने भएको छ ।

अधिवक्ता पदम श्रेष्ठले दायर गरेको रिटमाथि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुन लागेको हो ।

फोहोर उठाउने जिम्मेवारीबाट महानगर पन्छिन नपाउने भन्दै अन्तरिम आदेश माग दाबी गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई पनि विपक्षी बनाइएको छ।

मेयर बालेन शाहको ठाडो आदेशमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास लगायतका क्षेत्रहरूको फोहोर १० दिनदेखि उठेको छैन ।