NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तनहुँ–१ मा कांग्रेसलाई अन्तर्घातको डर, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । तनहुँ–१ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई जोखिममा परेपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू तनहुँ जाने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलकोसमेत निर्वाचन क्षेत्र भएकाले योपटक कांग्रेसको विरासत कायम राख्न चुनौती आन्तरिक र बाह्य चुनौती देखिएको छ । आफ्नो पक्षमा माहोल बनाउ पूर्वमन्त्री गोविन्दराज जोशीलाई फकाउने प्रयास असफल भएको छ ।

भट्टराईलाई भोट माग्न गटबन्धन दल माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरीय नेताहरूले चासो नदिएपछि कांग्रेस अप्ठ्यारोमा परेको हो ।

कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेका कारण विरासत जोगाउन कांग्रेस निकै दबाबमा छ । राष्ट्रपति पौडेलकी भाइबुहारीसमेत रास्वपाको पक्षमा खुलेपछि चुनाव हार्ने भयमा देउवा रहेका छन् । यही आन्तरिक र बाह्य चुनौतीलाई भरथेक गर्नका लागि गठबन्धनका जम्बो टोली बुधबार तनहुँ जान लागेका हुन् ।

वैशाख १० गने हुने उपनिर्वाचनका लागि चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दलाहाल प्रचण्ड आफ्नै निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रम सहभागी भएर तनहुँ जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र माधव नेपाल जान लागेका हुन् । दिउँसो डुम्रे बजारमा हुने चुनावी सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भट्टराईको पक्षमा माहोल बनाउन पूर्वमन्त्री एवं सोही क्षेत्रका निर्वतमान सांसद किसन श्रेष्ठ अहिले तनहुँमै छन् । विरासतलाई जोगाउन कांग्रेसले महामन्त्री गगन थापालाई चुनावमा संयोजनका लागि त्यहाँ खटाएको छ । योपटक एमाले र रास्वपा कांग्रेसको विरासतलाई उल्ट्याउने कसरतमा लागेका छन् ।

तनहुँ–१ गठबन्धनबाट भट्टराईसहित रास्वपाबाट वाग्ले र विपक्षी एमालेबाट पूर्वआइजिपी चुनावी मौदानमा उत्रिएका छन् । २५ फागुनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

मंसिरमा भएको निर्वाचनमा पौडेलले २५ हजार ३६१ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाए ।

समानुपातिकतर्फ कांग्रेसको २० हजार १५८, एमालेको १६ हजार ६८३, रास्वपाको १२ हजार ७७३ र माओवादीको ७ हजार ३२६ मत रहेको छ ।

यसैगरी राप्रपा ३ हजार ५७७, एस ५५० रहेको छ । मतपरिणाम हेर्दा सत्तापक्षको जम्मा मत २८ हजार ३४ रहेको छ । रास्वापाको १२ हजार ७७३ र विपक्षी एमाले १६ हजार ६८३ र राप्रपा ३ हजार ५७७ मत रहेको छ ।