कृषि विकास बैक र दराजबीच ईकम कारोबारको लागि सम्झौता
काठमाडौं । कृषि विकास बैक र दराज अनलाईनबीच ईकम कारोबारको लागि सम्झौता भएको छ । उक्त सम्झौताका लागि कृषि विकास बैंकका तर्फबाट उपमहाप्रवन्धक तथा प्रमुख सञ्चालन अधिकृत प्रताप सुवेदी तथा दराज अनलाइनको तर्फबाट अनलाईन पेमेन्ट प्रमुख अरुण फुयाँलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात कृषि विकास बैकका डेविट तथा क्रेडिट कार्डबाहक ग्राहकहरुले दराज अनलाईनले उपलव्ध गराएको अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ । जसका लागि बैकका कार्डबाहकहरुले नजिकैको शाखा कार्यालयहरुमा गई केवाइसी, आफ्नो मोवाईल नम्वर तथा ईमेल ठेगाना अद्याबधिक गर्नुपर्ने छ ।
हाल बैकले ईकम रजिस्ट्रेसन सेवा निशुल्क उपलव्ध गराएको छ । यसले गर्दा अनलाईन प्लेटफर्म मार्फत वस्तु तथा सेवा खरिद गर्न सक्ने भएकोले यसवाट कृषि विकास बैंकका ग्राहकहरुलाई सुविधा प्रदान हुने र बैंक तथा दराज अनलाईनका ग्राहकहरुले थप सुविधा पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया