NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको नाफा ५२.६३ प्रतिशतले बढ्यो

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष ०७८/०७९ को तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्म वित्तिय विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ३ अर्ब ३५ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले यस अवधिसम्म बैंकको सञ्चालन नाफा ५६.५४ प्रतिशतले बढेर ७ अर्ब ४८ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड ११ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख ९५ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा २५ अर्ब ५७ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको छ । बैंकको  प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ ।