NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रविले चितवनको विशेष सभामार्फत के सन्देश दिँदै छन् ?

काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि आक्रामक रूपमा चुनावी अभियानमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका जनतामार्फत विहिबार पछिल्लो राजनीति अवस्थाबारे जानकारी गराउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा बिहिबार दिउँसो ३ बजे हुने चुनावी सभालाई सभापतिसमेत रहेका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले, बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभापति रवि लामिछानेले आजको सभा विशेष हुने जानकारी दिएका छन् । सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर रहेको भन्दै उनले वारपारको राजनीति भिडन्त बारे सिंगो देशलाई अवगत गराउने उल्लेख गरेका छन् । साथै उनले चुनावी सभामा खास मान्छेहरू उपस्थिति रहने जानकारी दिएपनि ती व्यक्तिहरूको परिचय खुलाएका छैनन् ।

पार्टी सभापति र रास्वपाको विरूद्ध सिंगो राज्य नै लागेको हामीले महशुस गरेका छौं । सम्पूर्ण राजनीति शक्ति एक ठाउँमा उभिएका छन् । हामी एक्लै एकातिर छौं । हामीविरूद्ध सबै शक्ति लागे पनि जनताको साथ हामीलाई छ । राज्य आतंकबारे सिंगो देशलाई जानकारी गराउन नै विशेष सभा राखिएको हो ।

तर उपसभापति डोलप्रसाद अर्यालले तीन निर्वाचन क्षेत्रका रास्वपाका उम्मेदवारका साथै सिंगो केन्द्रीय कमिटी सदस्यहरू, निर्वाचित सांसदहरूको साथै राष्ट्रिय कलाकारको विशेष जमघट हुने बताए । रास्वपाको विरूद्ध राज्य नै लागेकाले त्यसको वास्तविकताबारे जानकारी गराउन आज विशेष चुनावी सभा राखिएको जानकारी दिए ।

‘पार्टी सभापति र रास्वपाको विरूद्ध सिंगो राज्य नै लागेको हामीले महशुस गरेका छौं । सम्पूर्ण राजनीति शक्ति एक ठाउँमा उभिएका छन् । हामी एक्लै एकातिर छौं । हामीविरूद्ध सबै शक्ति लागे पनि जनताको साथ हामीलाई छ । राज्य आतंकबारे सिंगो देशलाई जानकारी गराउन नै विशेष सभा राखिएको हो’, उनले भने ।

यद्यपि विशेष मान्छेबारे उनले पनि खुलाउन चहेनन् । चुनाव हार्ने डरले प्रतिस्पर्धी दल एमाले र कांग्रेसबीच चुनावी तालमेल गर्न लागेको संकेत दिए । रास्वपालाई हराउन सबै शक्ति मिलेपनि लामिछानेले मंसिरकोभन्दा बढी मत ल्याएर जित्ने दाबी गरे ।

‘हाम्रो उम्मेदवारलाई हराउन एमाले र कांग्रेसबीच चुनावी तालमेल गर्ने तयारी गरेका छन् । त्यसमा हाम्रो भन्नु केही छैन । सबै शक्ति मिलेपनि जनताको साथ हामीप्रति भएकाले पहिलेको भन्दा बढी मत ल्याएर जित्नेछौं ।’

उनले अबको राजनीति रास्वपा भर्सेस् पुराना पार्टी हुने बताए । मंसिरमा भएको निर्वाचनमा ४९ हजार ३०० मतसहित विजयी भएका लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च आदालतले दोषी ठहर गरेपछि पदमुक्त भएका थिए ।

दोस्रोपटक जनअनुमोदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका लामिछानेमाथि राहदानी दुरूपयोग गरेको सम्बन्धमा फेरी सर्वोच्चमा मुद्दा परेको छ । गृहमन्त्रीको हैसियतले गरेका कामलाईसमेत उनलाई विवादमा तान्न खोजिएको छ । पूर्वसांसद डाकाकुमार श्रेष्ठको घुस प्रकरण, निजी चालक छतबाट खसेर घाइते भएको विषयलाई पनि विपक्षीले चुनावी मसला बनाएका छन् ।