यश चोपडाकी पत्नी पामेलाको निधन
एजेन्सी । भारतीय फिल्म निर्माता तथा निर्देशक दिवंगत यश चोपडाकी पत्नीको निधन भएको छ ।
८५ वर्षिया पामेला चोपडाको बुधबार राति निधन भएको हो ।
उनलाई १५ दिनदेखि मुम्बइस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदैं गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
पछिल्लो समय उनी नेटफ्लिक्समा रिलिज गरिएको डकुमेन्ट्रि ‘द रोम्यान्टिक्स’ मा देखिएकी थिइन् । प्लेब्याक सिंगर, लेखिका र निर्माता रहेकी उनी निर्देशक तथा निर्माता आदित्य चोपडा र अभिनेता उदय चोपडाकी आमासमेत हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया