माग सम्बोधन नभए काठमाडौंको फोहर फाल्न नदिने दुई पालिकाको चेतावनी
काठमाडौं । ककनी गाउँपालका र धुनिवेशी नगरपालिकाले अबको १५ दिनभित्र आफ्ना माग सम्बोधन नभए फोहर फाल्न नदिने चेतावनी दिएका छन् । दुई स्थानीय तहले संयुक्त रूपमा बैठक बसेर यस्तो निर्णय गरेका हुन् ।
विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिका लगायत १८ वटा नगरपालिकाहरूको फोहर उक्त क्षेत्रमा विसर्जन हुँदै आएको छ ।
गत वर्ष शहरी विकास मन्त्रालय र काठमाडौं महानगरसँग भएको सम्झौता अनुसार कार्यान्वयनमा तत्काल जानुपर्ने दुई पालिकाको माग छ ।
फोहोर मैला व्यवस्थापन गर्न वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्यून प्भाव पर्ने गरी फोहरमैला व्यवस्थापन गर्न माग गरिएको छ । त्यस्तै, वञ्चरेडाँडाबाट निस्किएको फोहरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्रै व्यवस्थापन गर्नुपर्ने माग पनि गरिएको छ ।
दुई पालिकाका अति प्रभावित, प्रभावित र वेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरेर वञ्चरेडाँडाबाट दुई किलोमिटर जिपिएस क्षेत्रको जग्गा अधिग्रहण गरी प्रभावितलाई मुआब्जा वितरण गर्न माग गरिएको छ ।
योसँगै अहिलेसम्म फोहर व्यवस्थापनका लागि सिसडोल र वञ्चरेडाँडामा भएका वातावरण प्रभाव मूल्यांकनका प्रकृति, कार्यान्वयनको अवस्था र कुन निकायबाट गरिएको भन्नेबारे जानकारी गराउन भनिएको छ ।
दुई पालिकाका वडाहरूमा दश करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजनको माग गरिएको छ ।
यसअघि फोहर व्यवस्थापन गर्दा भएका झडप तथा आन्दोलनमा मुद्दा परेका स्थानीयहरूको सजजाय फुकुवाका लागि पनि माग गरिएको छ ।
यी माग सम्बोधन नभएको अवस्थामा आफूहरू संघर्ष गर्न बाध्य हुने दुई पालिकाले जनाएका हुन् ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया