फोहर व्यवस्थापनमा निरिह बालेन : सिसिटिभी फुटेज हेर्छन्, सरोकारवालालाई पन्छाउछन्
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले विगतमा भएको सम्झौता बमोजिम फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै प्रभावित क्षेत्र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आक्रोस पोखेका छन् ।
१५ दिनभित्र आफ्ना माग सम्बोधन नभए फोहर फाल्न नदिने उनले चेतावनी दिए । गत वर्ष शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपलिकाबीच वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहरमैला व्यवस्थापन गर्ने सम्झौता भएको थियो ।
तर वञ्चरेडाँडाबाट निस्किएको फोहरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण हुँदा दुर्गन्धित भएको मेयर आचार्यले जानकारी दिए । समस्या समाधानका लागि कुरा गर्न खोज्दा काठमाडौंका मेयर शाहले भेट्न नदिएको उनले गुनासो पोखे ।
‘वञ्चरेडाँडाको ड्याममा जम्मा भएको लिच्चड खोलिएपछि कोल्पुखोलामा मिसिएर दुर्गन्धित भएको छ । त्यसको असर बेलकोटगढीमासमेत परेको गुनासो आएका छन् । समस्या राख्न खोज्दा मेयरले भेट्नसमेत दिएनन् । सम्झौता अनुसार काम केही भएको छैन’, आचार्यले भने ।
उनले प्रभावित क्षेत्रका नागरिक समस्यमा पिल्सिदासमेत काठमाडौंका मेयर सिसीटिभी हेरेर बसेको आरोप लगाए ।
‘साथीहरूलाई अझै वारेन्ट जारी छ । दुर्गन्धित फोहोरले स्थानीय आतंकित छन् । स्थानीय बस्तीमा हैजा फैलिने डर छ’, उनले भने, ‘तर काठमाडौंका मेयर काठमाडौंबाटै सिसीटिभि हेरेर बसेका छौं, सबै ठीक छ भन्छन्, फिल्टमा आउँदैनन् । हामीसँग कुनै समन्वय नै गरेका छैनन् ।’
काठमाडौंको मेयर शाहमा राणाहरूको लेगेसी अझै बाँकी रहेको भन्दै हाम्रो मागको सुनुवाइ नभए स्थानीयसँग समन्वय गरेर थप आन्दोलन गर्ने मेयर आचार्यले चेतावनी दिए ।
‘प्रभावित क्षेत्रमा समस्या देखिँदासमेत मेयरसँग भेट्न, कुरा राख्न, सोध्न पाइदैन । त्यस्तो बाक्लो घेराभित्र रहेकासँग के कुरा गर्न सकिन्छ र ? उहाँमा राणाको लिगेसी अझै बाँकी रहेछ’, बालेनप्रति आक्रोस पोख्दै आचार्यले भने ।
फोहर व्यवस्थापनका लागि धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले ७ बुँदे ध्यानाकर्षणसहित फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई १५ दिने अल्टिमेटम दिएको छ ।

माग सम्बोधन नभए काठमाडौंको फोहर फाल्न नदिने दुई पालिकाको चेतावनी
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया