प्रचण्डकी छोरीसहित दर्जन नेताको नागरिकता छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीविरूद्ध मुद्दा दर्ता गराएका युवराज पौडेल सफलले अन्य नेताहरूको पनि नागरिकता छानविन गर्न उजुरी दिएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीहरू द्वय रेणु र गंगा दाहालसहित दर्जन नेताहरूको नागरिकता छानविनको माग गर्दै उजुरी दिएका हुन् ।
उनले राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, पूर्व उपराष्ट्रपति परमानन्द झा, देवेन्द्र राज कँडेल, डा स्वर्णिम वाग्ले, मिनेन्द्र्र रिजाल, डा नारायण खड्का, दिलेन्द्र प्रसाद बडुलगायतको नागरिकता छानविन गर्न उजुरी दिएकाे बताए ।
उनीहरूको सक्कली नागरिकता झिकाएर नागरिकता छानविन आयोग नै गठन गरेर अनुसन्धान गर्न उजुरी परेको हो ।
‘निजहरूको नेपाली नागरिकताको सक्कल झिकाई उनीहरूसँग कुन कुन देशको नागरिकता एजं पिआर, ग्रिनकार्ड एवं नागरिकता छ सो गर्नुहुन नेपाली नागरिकको तर्फबाट विनम्र अनुरोध गर्दाछु,’ उजुरीमा उल्लेख छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया