प्रचण्डकी छोरीसहित दर्जन नेताको नागरिकता छानविन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीविरूद्ध मुद्दा दर्ता गराएका युवराज पौडेल सफलले अन्य नेताहरूको पनि नागरिकता छानविन गर्न उजुरी दिएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीहरू द्वय रेणु र गंगा दाहालसहित दर्जन नेताहरूको नागरिकता छानविनको माग गर्दै उजुरी दिएका हुन् ।
उनले राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, पूर्व उपराष्ट्रपति परमानन्द झा, देवेन्द्र राज कँडेल, डा स्वर्णिम वाग्ले, मिनेन्द्र्र रिजाल, डा नारायण खड्का, दिलेन्द्र प्रसाद बडुलगायतको नागरिकता छानविन गर्न उजुरी दिएकाे बताए ।
उनीहरूको सक्कली नागरिकता झिकाएर नागरिकता छानविन आयोग नै गठन गरेर अनुसन्धान गर्न उजुरी परेको हो ।
‘निजहरूको नेपाली नागरिकताको सक्कल झिकाई उनीहरूसँग कुन कुन देशको नागरिकता एजं पिआर, ग्रिनकार्ड एवं नागरिकता छ सो गर्नुहुन नेपाली नागरिकको तर्फबाट विनम्र अनुरोध गर्दाछु,’ उजुरीमा उल्लेख छ ।
ताजा अपडेट
-
अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्याे
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
-
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
-
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
-
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक
प्रतिक्रिया