चितवनमा रास्वपाका सांसदहरूको गर्जन : नेताहरू सुत्दा पनि घण्टी नै बजिराख्छ

काठमाडौं । मौन अवधिको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा शक्ति प्रर्दशन गरेको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा तीनै क्षेत्रका उम्मेदवारको उपस्थितिमा शक्ति प्रदर्शन गरको हो ।
सभामा चितवन–२ का उम्मेदवार रविसहित तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले, बारा–२ का उम्मेदवार रमेश खरेल सहभागी रहेका छन् । यसैगरी रास्वपाबाट निर्वाचित १८ जना सांसदले सभालाई सम्बोधन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै चितवन–१ का सांसद हरि ढकालले देशभरी घण्टी बज्दा नेताहरूलाई छटपटी सुरू भएको भन्दै २०८४ को निर्वाचनमा उनीहरू सुतेपनि घण्टी नै बजिरहने बताए । ‘मंसिरमा भएको निर्वाचनमा २० सिट जित्दा कांग्रेस, एमाले र माओवादीमा घण्टी बज्दा छटपटी सुरू भएको छ । वैशाख १० को चुनावमा थप २ सिट बढ्दैछ । २०८४ को निर्वाचनमा नेताहरू सुते पनि घण्टी बजिराख्ने छन्’, उनले भने ।
यसैगरी काठमाडौं ७ का सांसद विराजभक्त श्रेष्ठले एक जना उभिदा देश नै हल्लिने कस्तो खालको राजनीति भनेर नेताहरूमाथि प्रश्न उठाएका छन् । हामी व्यवस्था परिवर्तन मात्र होइन अवस्था परिवर्तन गर्न आएका हौं’, उनले भने, ‘हाम्रा सभापति रवि एकजना उभिदा पुरै देश नै हल्लिएको छ । हाम्रा नेताहरूले कस्ता खालको राजनीति गरेका हुन् ।’
ललितपुरकी सांसद डा. तेसिमा कार्कीले रास्वपा राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका समाधान लिएर आएको जिकिर गरिन् । यसैगरी काठमाडौं–२ सांसद सोविता गौतमले रास्वपालाई प्रश्न गर्ने राजनीतिक शक्तिलले ७० वर्षसम्म के गरेर बसेको भन्दै प्रश्न गरिन् । २०८४ को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर शासन गर्ने दाबी गरिन् ।
ताजा अपडेट
-
अदालतको आदेशलगत्तै रवि पक्राउ, भैरहवा लगियो
-
विशेष अदालतको फैसलामाथि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
-
भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली
-
घुस लिएको आरोपमा मालपोत कार्यालय जलेश्वरका नायब सुब्बासहित ३ जनामाथि आरोपपत्र दायर
-
नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
प्रतिक्रिया