NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तीन दिनभित्र सिंहदरबारको फोहर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरलाई तीन दिनभित्र सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहर उठाउन आदेश दिएको छ ।

यससम्बन्धी परेको मुद्दामा सुनुवाइ गर्दै आज न्यायधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

गत सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।

काठमाडौंका मेयर बालेन शाहले केही हप्ताअघि समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त क्षेत्रको फोहर नउठाउन ठाडो आदेश दिएका थिए । त्यसलगत्तै उनले फोहर नउठाउनका बुँदागत कारण पनि प्रस्तुत गरे ।

विभिन्न मन्त्रालयसँग सम्बन्धित उक्त मागका लागि प्रधानमन्त्री स्तरीय बैठक नबसी ठेग नचल्ने अडान बालेनको थियो ।

सिंहदरबारको फोहर परिवर्तन नेपाल नामक निजी संस्थाले उठाउँदै आएको छ ।