तीन दिनभित्र सिंहदरबारको फोहर उठाउन महानगरलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरलाई तीन दिनभित्र सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहर उठाउन आदेश दिएको छ ।
यससम्बन्धी परेको मुद्दामा सुनुवाइ गर्दै आज न्यायधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
गत सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।
काठमाडौंका मेयर बालेन शाहले केही हप्ताअघि समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त क्षेत्रको फोहर नउठाउन ठाडो आदेश दिएका थिए । त्यसलगत्तै उनले फोहर नउठाउनका बुँदागत कारण पनि प्रस्तुत गरे ।
विभिन्न मन्त्रालयसँग सम्बन्धित उक्त मागका लागि प्रधानमन्त्री स्तरीय बैठक नबसी ठेग नचल्ने अडान बालेनको थियो ।
सिंहदरबारको फोहर परिवर्तन नेपाल नामक निजी संस्थाले उठाउँदै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया