NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यस्तो छ उपनिर्वाचनको उत्साह (फोटोफिचर)

काठमाडौं । विभिन्न कारणले प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेदेखि उपचुनावका लागि मतदान जारी छ । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदान अपरान्ह ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ । मतदाताहरू बिहानैदखि मतदानस्थलमा पुगेर मतदान गरिरहेका छन् ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन भइरहेको हो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यैपाने र नेपाली कांग्रेसका जीतनारायणलगायत उम्मेदवार छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत उम्मेदवार छन् ।

फोटोफिचर :