यस्तो छ उपनिर्वाचनको उत्साह (फोटोफिचर)
काठमाडौं । विभिन्न कारणले प्रतिनिधिसभा सदस्य रिक्त रहेका तीन निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेदेखि उपचुनावका लागि मतदान जारी छ । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदान अपरान्ह ५ बजेसम्म चल्नेछ ।
निर्वाचनमा नागरिकहरूको उत्साहजनक सहभागिता देखिएको छ । मतदाताहरू बिहानैदखि मतदानस्थलमा पुगेर मतदान गरिरहेका छन् ।
चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन भइरहेको हो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यैपाने र नेपाली कांग्रेसका जीतनारायणलगायत उम्मेदवार छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत उम्मेदवार छन् ।
फोटोफिचर :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो









प्रतिक्रिया