तनहुँको निर्जला आधाभूत विद्यालयमा ९ सय मत खस्यो
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन जारी छ । त्यहाँस्थित भानु नगरपालिका वडा–८को मतदान केन्द्र निर्जला आधारभूत विद्यालयमा अहिलेसम्म झण्डै नौ सय मत खसिसकेको मतदान अधिकृत तिलकराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार विहान ७ बजेदेखि सुरू भएको मतदानमा हालसम्म ८ सय ५० मत खसेको हो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा स्वर्णिम वाग्ले, नेपाली कांग्रेसबाट गोविन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरूङ, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मंगोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना उम्मेदवार छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया