मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई लिखित स्पष्टीकरण दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
यादवले पदीय मर्यदाविपरित उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका उल्लेख छ । उनका अनुसार यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
निर्वाचनलाई प्रतिकूल असर पर्नेगरी अनुमतिविना के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधेको हो ।
बारा–२ मा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अध्यय उपेन्द्र यादवलाई जिताउन मुख्यमन्त्री यादवले आचारसंहिताविपरित गतिविधि गरेको विपक्षीले आरोप लगाएका छन् ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया