NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन–२ उम्मेदवार रवि लामिछानेले अघिल्लोपटकको भन्दा यसपटक नतिजा राम्रो आउने विश्वास लिएका छन् ।

आइतबार मतदानको क्रममा चितवनमा सञ्चारकर्मीसँग कुरागर्दै उनले अघिल्लोपटक भन्दा योपटक बढी मत पाउनेमा आफू आशावादी भएको बताए ।

‘विहानैदेखि मतदानमा उत्साह देखिएको छ । सकारात्मक प्रतिक्रिया आइरहेका छन् । यसलाई मैले एकदम सकारात्मक रूपमा लिइरहेको छु’, उनले भने ।

यसअघि मंसिरमा भएको निर्वाचनमा रविले ४९ हजार ३०० मत ल्याइ विजयी भएका थिए । प्रतिद्वन्द्वीसँग रविको मतान्तर ३४ हजार ३१२ रहेको थियो ।