NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

थपियो ‘एउटा सपनाको अवसान’ मञ्चनको अवधि

काठमाडौं । रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत मञ्चन भइरहेको छ ।

सन् १९४९ मा अमेरिकामा पहिलो पटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन् । वैशाख १० गते नाटकको नियमित मञ्चन सकिए तापनि तीन दिनका लागि मञ्चन हुने अवधि थप गरिएको छ । नाटक अब सोमबार, मङ्गलबार र बुधबार पनि मञ्चन हुनेछ ।

“दर्शकमार्फत प्राप्त प्रतिक्रियाकै आधारमा समय थप गरेका हौँ”, निर्देशक बरालले भने । लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको निर्देशक बरालले जानकारी दिए ।

नयाँ नाटक गर्ने छलफलमा गोविन्द पराजुलीले निर्माणको अभिभारा लिनुभएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायतका कलाकारले अभिनय गरेका छन् ।

“ठूलो सेट र ठूलो कलाकारको समूह दोहो¥याएर जुटाउन गाह्रो छ । त्यसैले जुटेकै समयमा सोमबारको बिदामा पनि नाटक मञ्चन गर्दैछौँ”, निर्माता पराजुलीले भने । नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रुपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ ।

नाटकको मञ्चन गएको वर्ष २०७९ चैत १० गतेदेखि सुरु भएको थियो ।