ठूला दलप्रति जनताले चासो नदेखाएकोमा देउवाको चिन्ता

काठमाडौं । कांग्रेसको गढ मानिएको क्षेत्रमै आफ्ना उम्मेदवार पछाडि परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मुख खोलेका छन् । उपनिर्वाचनको प्रारम्भिक मत परिणामतर्फ संकेत गर्दै उनले ठूला दलप्रति जनताले चासो नदेखाएकोमा चिन्ता व्यक्त गरे ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाको भनाई उद्दृत गर्दै पार्टीलाई सुधार्नुको विकल्प नभएको बताएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, जनतासँग जोडिने खालका साना साना कार्यक्रम आउनुपर्छ’, उनले जानकारी दिए ।
बैठकमा धेरै सांसदहरूले कांग्रेसलाई अझै जनतासँग जोडेर लैजानुपर्नेमा जोड दिएका थिए । विगतमा कांग्रेस सरकारमा हुँदा जनपक्षीय काम गर्न नसकेकाले जनता निराश भएको हुनसक्नेतर्फ नेतृत्वको ध्यानकर्षर्ण गराउँदै आगामी दिनमा सच्चिएर जानुपर्ने धारणा राखेको खतिवडाले बताए । सांसदहरूले बोल्नेक्रम नसकिएकाले मंगलबार पुनः बस्ने खतिवडाले जानकारी दिए ।
तीन क्षेत्रका लागि भएको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका उम्मेदवार भारी मतान्तरले पछाडि परेका छन् । चितवन–२ मा भर्खर मतगणना सुरू भएको भने बारा–२ मा उपेन्द्र यादवले सुरूवाती अग्रता लिएका छन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया