NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चितवन–२ मा रवि झण्डै दोब्बर मतले अगाडि, कसले कति पाए ?

काठमाडौं । चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले दोब्बर मतले अग्रता लिएका छन् ।

रविले एक हजार १५५ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६५५ मत पाएका छन् ।

तेस्रोमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । यहाँ एमालेले सुरूवाती अग्रता लिएपनि अहिले रविले अग्रता लिएका हुन् ।