NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

तनहुँ-१ मा मतान्तर फराकिलो बनाउँदै स्वर्णिम

काठमाडौं । तनहुँ १ मा सुरूवातिदेखि नै अग्रता कायम राखेका प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले प्रतिद्वन्द्वीसँग मतान्तर बढाउँदै गएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १५ हजार ९५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ९ हजार १२० मत पाएका छन् ।

वाग्ले भट्टराई भन्दा ६ हजार ८३८ मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ११६ मत प्राप्त गरेका छन् ।