प्रधानमन्त्रीको आह्वानमा प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक बसेको छ ।
संसदीय समितिमा सहमति जुटाउन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्षकेपी ओलीसहित शीर्ष नेताहरू छन् ।
‘मिनि पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिमा एमालेले लेखासमितसहित कम्तिमा ४ वटा समितिको सभापति दाबी गरेको छ ।
तर विगतको अभ्यासमा प्रतिपक्षी दलले लेखा समिति लिने अभ्यास रहेको जिकिर गर्दै सत्तापक्षले एमालेको माग अस्विकार गर्दै आएका छन् ।
प्रतिक्रिया