तनहुँ-१ मा ५० प्रतिशत मतगणना सकियो
काठमाडौं । तनहुँ-१ मा हालसम्ममा करिब ५० प्रतिशत मतगणना भएको छ । आधा मत गनिसक्दा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता छ । त्यस्तै दोस्रोमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र तेस्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल छन् ।
हालसम्मको नतिजाअनुसार वाग्लेले १७ हजार ९०२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् ।
आइतबार भएको मतदानमा १ लाख २३ हजार ३०५ कुल मतदातामध्ये ५३ प्रतिशत अर्थात ६५ हजार ३५२ जनाले मात्रै मतदान गरेका छन् । यसअघि मंसिरमा भएको निर्वाचनमा ६७ प्रतिशतमा मत खसेको थियो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया