NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

३२ हजारभन्दा बढी मतान्तरले रवि अगाडि, दोस्रो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई ३२ हजार ६१२ को फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका छन् ।

पछिल्लो मतगणनाअनुसार उनले ४००६९ मत पाउँदा श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६८ मतसहित तेस्रो स्थानमा छन् । दोस्रो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

चितवन–२ मा आइतबार भएको निर्वाचनमा कुल एक लाख २४ हजार ६९५ मतदाता रहेको यो क्षेत्रमा ६३ प्रतिशत मत अर्थात ७८ हजार २७७ खसेको आयोगले जनाएको छ । आयोगकाअनुसार अब ३० प्रतिशत मात्र मत गन्न बाँकी छ । रविको जित सुनिश्चित भएको छ ।