३२ हजारभन्दा बढी मतान्तरले रवि अगाडि, दोस्रो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई ३२ हजार ६१२ को फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका छन् ।
पछिल्लो मतगणनाअनुसार उनले ४००६९ मत पाउँदा श्रेष्ठले ७ हजार ४५७ मत पाएका छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६८ मतसहित तेस्रो स्थानमा छन् । दोस्रो स्थानका लागि कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
चितवन–२ मा आइतबार भएको निर्वाचनमा कुल एक लाख २४ हजार ६९५ मतदाता रहेको यो क्षेत्रमा ६३ प्रतिशत मत अर्थात ७८ हजार २७७ खसेको आयोगले जनाएको छ । आयोगकाअनुसार अब ३० प्रतिशत मात्र मत गन्न बाँकी छ । रविको जित सुनिश्चित भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया