माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले यही वैशाख ८ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १५ लाख २९ हजार ४११ कित्ता खुला गरेको थियो ।
जसमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
उक्त आइपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । आइपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया