बारामा उपेन्द्र ४ हजार बढी मतअन्तरले अगाडि

काठमाडौं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ४ हजार २९८ फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १२ हजार ४७९ मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ८ हजार २९८ मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ४४१ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेल एकहजार ९५८ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया