बारामा उपेन्द्र ४ हजार बढी मतअन्तरले अगाडि
काठमाडौं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ४ हजार २९८ फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १२ हजार ४७९ मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ८ हजार २९८ मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ४४१ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेल एकहजार ९५८ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया