NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चितवन–२ मा मतगणना नसकिँदै हार स्वीकारे जीतनारायणले

काठमाडौं । चितवन–२ मा कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले मतगणना नसकिँदै हार स्वीकारेका छन् । मंगलबार उनले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् ।

४० हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ । ५० हजार ७९ मतसहित फराकिलो मतान्तर बनाउँदा जीतनारायणले जम्मा ९ हजार १६५ मत पाएका छन् ।