NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भारी मतले विजयी भएपछि रविको प्रतिक्रिया : कमजोरीहरूलाई सुधार्दै थप जिम्मेवार बन्नेछु

काठमाडौं । चितवन–२ बाट नवनिर्वाचित रास्वपाका सांसद रवि लामिछानेले विगतको कामजोरीबाट पाठ सिकेर अगाडि बढ्ने बताएका छन् ।

मंगरबार भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

‘राजनीतिक अभ्यास गरेर हामीले अझै परिपक्व हुनुपर्नेछ । हामीले अरुका आलोचना गर्नेभन्दा पनि यो दौरानमा अनुभवका कमीले गर्दा कयौं कमीकमजोरी आफ्ना पनि देखेका छौं’, उनले भने, ‘आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएर आएको यो मतले ठूलो सन्देश दिएको छ,’ उनले भने ।

आइतबार भएको उपनिर्वाचनमा उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । यहाँ कूल ७८ हजार २७७ मत खसेकोमध्ये रविले ६९ प्रतिशत मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे ।