बारामा उपेन्द्रले १४ हजारभन्दा बढी मत ल्याउँदा उनका प्रतिस्पर्धीले कति ल्याए ?

काठमाडाैैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ४ हजार ८५४ फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १४ हजार १८० मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ९ हजार ३२६ मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ७९३ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ५१ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया