अब ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्नेगरी कानुन बनाइदैं
काठमाडौं । सरकारले सवारी इजाजतपत्र(ड्राइभिङ लाइसेन्स) दश वर्षमा नवीकरण गर्ने गरी कानुन बनाउने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो जानकारी दिएका हुन् ।
अहिले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो झन्झटबाट मुक्त हुनका लागि प्रचलित कानुन संशोधन गर्न लागिएको उनले बताए । कानुन संशोध गरेर लाइसेन्स नवीकरण गर्ने समयलाई १० वर्ष बनाइनेछ ।
‘‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।
यो व्यवस्था लागू गर्दा कार्ड छाप्दा हुने खर्चमा पनि कटौती हुने उनको विश्वास छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया