कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्यवस्था ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
उनी हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत छन् । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।
एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भए पनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको खबर साथमा रहेका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया