NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बारा–२ मा मतान्तर घटाउँदै शिवचन्द्र

काठमाडाैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव पछिल्लो मतपरिणामअनुसार विपक्षीभन्दा ३ हजार मतले मात्रै अगाडि छन् ।

पछिल्लो अपडेटअनुसार उनले १८ हजार ८०८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १५ हजार ४५८ मत ल्याएका छन् । यादव प्रतिस्पर्धी कुशवाहभन्दा ३ हजार तीन सय पचास मतले अघि छन् । यसभन्दा अघि उनले ५ हजारको मतान्तर बनाएका थिए ।

एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ५६३ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने २ हजार २६८ मत प्राप्त गरेका छन् ।