NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले चुनावी परिणामले आफूलाई रूपान्तरित हुन सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।

तीन क्षेत्रको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले नयाँ अभियानमा नयाँ ढंगले जुट्ने बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ । नवीन अभियानमा नयाँ ढंगले जट्नेछौं ।’

आइतबार भएको निर्वाचनमा तनहुँ–१ मा कांग्रेस पराजित भएको छ । चितवान–२ मा अघिल्लो निर्वाचनको तुलनामा मतसंख्या घटाएको छ ।