NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसंघको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएका हुन् ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च संकुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए । उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै  अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे ।

परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतको माग राखेको छ ।

यस्तै टोलीले श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको थियो । भेटमा मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको सुझावका लागि धन्यवाद दिए । उनले पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिने बताए ।