संसदीय समितिले पूर्णता नपाएकोमा सभामुखको असन्तुष्टी, भोलिसम्म नाम पठाउन आग्रह
काठमाडौं । संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिहररूलाई पूर्णता दिन ढिलाइ हुँदा सरकार संसद्प्रति सरकार जवाफदेही नभएको बताएका छन् ।
बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन समितिलाई पूर्णता दिन दलहरूले ढिलाइ गरेकोमा असन्तुष्टी जनाए । संसदमा कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।
‘तपाईंहरुले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला’, दलहरूलाई ताकेता गर्दै उनले भने, ‘संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं ।’
संसदीय समितिमा दलहरूबीच भागबण्डा नमिल्दा प्रतिनिधिसभा निर्वाचन भएको ५ महिना भइसक्दासमेत पूर्णता पाउन सकेको छैन ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया