संसदीय समितिले पूर्णता नपाएकोमा सभामुखको असन्तुष्टी, भोलिसम्म नाम पठाउन आग्रह

काठमाडौं । संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिहररूलाई पूर्णता दिन ढिलाइ हुँदा सरकार संसद्प्रति सरकार जवाफदेही नभएको बताएका छन् ।
बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन समितिलाई पूर्णता दिन दलहरूले ढिलाइ गरेकोमा असन्तुष्टी जनाए । संसदमा कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसद्मा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।
‘तपाईंहरुले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला’, दलहरूलाई ताकेता गर्दै उनले भने, ‘संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं ।’
संसदीय समितिमा दलहरूबीच भागबण्डा नमिल्दा प्रतिनिधिसभा निर्वाचन भएको ५ महिना भइसक्दासमेत पूर्णता पाउन सकेको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया