NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट को को भए सिफारिस ?

काठमाडौं । संसदीय सुनवाइ समितिमा राष्ट्रियसभाबाट तीन जना सदस्यहरू मनोनित भएका छन्। बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यहरूको नाम जानकारी दिएका हुन् ।

समितिमा रहने सदस्यहरूमा रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहेका छन् । रायमाझी कांग्रेस, दाहाल एमाले र शर्मा माओवादीबाट रहेका छन् । १५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट ३ र प्रतिनिधिसभाबाट १२ जना सदस्य चयन रहने व्यवस्था छ ।

तर दलीय सहमति नहुँदा प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरू सिफारिस हुन सकेका छैन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष