आज कति जनामा देखियो कोरोना ?
काठमाडौं । बुधबार ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६३४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै गएको २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ६५ जना निको भएका छन् भने ३६१ सक्रिय संक्रमित रहेका छन् । केही समयदेखि कोरोना दर बढीरहेको हुँदा स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउन अपिल गर्दै आइरहेको छ ।
नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया