NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज कति जनामा देखियो कोरोना ?

काठमाडौं । बुधबार ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६३४ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ६५ जना निको भएका छन् भने ३६१ सक्रिय संक्रमित रहेका छन् । केही समयदेखि कोरोना दर बढीरहेको हुँदा स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउन अपिल गर्दै आइरहेको छ ।

कोरोनाबाट बच्न अपनाऔं यी मापदण्ड

नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?