१० करोड भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैलसाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ ।
विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायत पाँच जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध आयोगले पुनरावेदन दिएको हो ।
विशेष अदालतले बस्नेतसहित उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, शकुन्तला गौली(नवीनकी श्रीमती) र छोरा शुलभलाई सफाइ दिने फैसला गरेको थियो ।
यो फैसला गलत भएको दाबी पेश गर्दै आयोगले आज सर्वोच्चमा पुनरावेदन दिएको हो ।
उनीहरू ६ जनाविरूद्ध अख्तियारले १० करोड ५६ लाख १९ हजार ६०१ रूपैयाँ बिगो मागदाबीसँगै चल अचल सम्पत्ति जफतको माग गरेको थियो ।
विशेष अदालतले फैसला दिँदा उल्लेख गरेका आधारहरू त्रुटिपूर्ण भएको आयोगको दाबी छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया