NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

आज सांसदको शपथ लिँदै रवि, स्वर्णिम र उपेन्द्र

काठमाडौं । उपनिर्वाचनमार्फत प्रतिनिसभा सदस्यमा निर्वाचित तीन सांसदले आज शपथ लिने भएका छन् ।

संघीय संसद् सचिवालयका अनुसार, अहिले बिहान साढे ११ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको फैसला गरेपछि चितवन–२, रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा यही वैशाख १० गते उपनिर्वाचन भएको थियो । जसबाट चितवन–२ मा पुनः रास्वपाका रवि लामिछाने, तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् ।

निर्वाचित सांसदले कार्य प्रारम्भ गर्नुपूर्व शपथ लिनुपर्ने व्यवस्था अनुसार उनीहरूले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।