आज सांसदको शपथ लिँदै रवि, स्वर्णिम र उपेन्द्र
काठमाडौं । उपनिर्वाचनमार्फत प्रतिनिसभा सदस्यमा निर्वाचित तीन सांसदले आज शपथ लिने भएका छन् ।
संघीय संसद् सचिवालयका अनुसार, अहिले बिहान साढे ११ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको फैसला गरेपछि चितवन–२, रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा यही वैशाख १० गते उपनिर्वाचन भएको थियो । जसबाट चितवन–२ मा पुनः रास्वपाका रवि लामिछाने, तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी भएका छन् ।
निर्वाचित सांसदले कार्य प्रारम्भ गर्नुपूर्व शपथ लिनुपर्ने व्यवस्था अनुसार उनीहरूले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया