NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बलियो छ : रवि लामिछाने

काठमाडौं । चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद रवि लामिछानले सरकारमा सहभागी हुने सम्भावन नभएको बताएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबार पार्टीले निर्णय गर्ने बताएका हुन् ।

‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ। यस सम्बन्धमा संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं,’ उनले भने ।

सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएकोमा असन्तुष्टी जनाउँदै सरकारमा जानेभन्दा समर्थन फिर्ता लिने सम्भावना बलियो रहेको उनले बताए ।

सिंहदरबारमा आयोजित कार्यक्रममा रास्वपाका सांसद लामिछा र डा.स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।